बैतडी। बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा फसेको चितुवा मरेको छ । बुधबार बिहान बैतडीको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा फसेको चितुवा आज दिउँसो मरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको थियो । चितुवाको ढाडमा पासो परेको थियो । पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो। उद्धार टोली घट्नास्थल नपुग्दै चितुवा मरेको छ । २०७४ सालयता बैतडीमा पासोमा परेर यो घटनासहित १२ चितुवा मारिएका छन् ।
बैतडीमा बँदेलकालागि थापेको पासोमा चितुवा फसेपछि…