बैतडी। बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ । बुधबार बिहान बैतडीको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए ।जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि
किसानहरुले थापेको पासोमा चितुवा फसेको जानकारी आएको उनले जानकारी दिएका छन् । डिभिजन वन कार्यालयका प्रमुख कँडेलले चितुवाको ढाडमा पासो परेको बताउँदै पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउँदै गरेको बताए। उद्धार टोली आज साँझ सम्म आइपुगेपछि चितुवाको उद्धार हुने छ उनले भने । पछिल्लो छ बर्षबर्ष यता बैतडीमा पासोमा परेर ११ चितुवा मारिएका छन् । जसकारण मानव र चितुवाबीचको द्वन्द बढ्दै गएको छ।