धनगढी। बैतडीका एक बहुमुखी क्याम्पस प्रमुख कारागार चलान भएका छन् । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका निःवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगी पूर्वपक्षका लागि कारागार चलान भएका हुन्।
साउन २६ गते विहिवार उनलाई जिल्ला अदालत बैतडीले करागार चलान गरेको हो । कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो।
कैलालीकी महिलामाथि बलात्कार आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी आफैँले दिए गिरफ्तारी