कैलाली। प्रधानमन्त्री देउवा र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टसहित अन्य दुई मन्त्रीबीच भेटवार्ता भएको छ।आज प्रधानमन्त्री शेरबहादुर देउवानिवास बालुवाटारमा पुगेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। उनीहरू बीच करिब ४० मिनेट संवाद र भेटवार्ता भएको हो।
भेटका क्रममा मुख्यमन्त्री भट्टले संसदीय सरकारले तत्काल गेटा मेडिकल कलेज सञ्चालन गर्न र र सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ। सेती प्रादेशिक अस्पताललाई पाँचसय बेडमा स्तरोन्नति लगायतका विषयमा छलफल भएकाे थियाे। यस्तै मुख्यमन्त्री भट्टले संसदीय सरकारले सुदूरपश्चिम प्रदेशलाई उपलब्ध गराउने बजेटमा विभेद गरेको गुनासो गरेका थिए।
उनले यहाँको विकास र समृद्धिका लागि संघीय सरकारले बजेट बढाउनु पर्ने बताएका थिए ।यस्तै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोबाट हुनसक्ने सम्भावित क्षतिको विषयमा पनि संघीय सरकार गम्भीर बन्नु पर्नेमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुझाएका थिए। जवाफमा देउवाले यो विषयमा आफू पनि गम्भीर रहेको बताएका छन्। भेटका क्रममा आगामी निर्वाचनको विषयमा पनि छलफल भएकाे बताइएकाे छ। भेटमा गठन्धनमा सीट बाँडफाँटको प्रसंग कोट्याउन खोज्दा देउवाले यस विषयमा कार्यदलले काम गरिरहेको भन्दै थप बोल्न नचाहेको एक मन्त्रीले बताए ।