बझाङ। बझाङको सदरमुकाम चैनपुरस्थीत अदालतकै अगाडि एक पसलमा चोरी भएको छ । बझाङ सदरमुकामको मुख्य बजार जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारमा शुक्रबार राति किरण किराना पसलमा चोरी भएको हो। अदालत नजिकै करिब दुई सय मिटरको दुरीमा रहेको सो किराना पसलमा चोरी भएको जनाइएको छ। प्रहरीको लापरवाहीका कारण पसलहरुमा चोरी भएको व्यवसायीहरुले आरोप लगाएका छन्।
किराना पसलमा चोरी हुदा नगद ५० हजार बढी र रिचार्ज गरि झण्डै १ लाखको हाराहारीमा चोरी भएको पसल संचालक डम्बर बहादुर सिँहले बताए ।प्रहरीकै आँगनमा रातको समयमा चोरी हुनु गम्भीर भएको र जिम्मेवारीमा लापरवाही देखिएको अर्का एक ब्यवसायी जनक धामीले बताएका छन्। चोरले सरियाको रडले ताल्चा फुटाएको पाईन्छ। पैशा राख्ने गल्लाको पनि ताल्चा त्यै सरियाको रडले फुटाएको पाईन्छ ।केही सयमयता चैनपुरमा चोरीका घटना बढिरहेका छन्। जिल्ला प्रहरी कार्यालय नजिकै भए पनि चोरीका घटनामा कमी नआउनुले स्थानीयले सुरक्षा निकायमाथि आक्रोश पोखेका छन्। साथै प्रहरीले बजारको सुरक्षाका लागि दैनिक २ टोलीको गस्तीले निगरानी गर्दै आएको जनाएको छ।