धनगढी : बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्षकै भाई नागरिक आवास कार्यक्रममा परेका छन् । बिपन्न बर्गका लागी ल्याइएको नागरिक आवास कार्यक्रममा वडा अध्यक्ष सम्भु प्रसाद भट्टले आफ्नै भाई पर्मानन्द भट्टलाई सिफारिश गरेको पाइएको हो ।
वडा नम्बर ३ को कार्यालयले गाउँपालिकालाई सिफारिश गर्दै नागरिक आवास कार्यक्रमका लागी ११ जनाको नाम सिफारिश गरेको छ । १० नम्बरमा रहेका पर्मानन्द भट्ट वडा अध्यक्ष सम्भु प्रसाद भट्टका आफ्नै भाई रहेको स्थानियले बताएका छन् ।
भट्ट सहित तुलसी भट्ट, पार्वती भट्ट। राधादेवी भट्ट, राधा भट्ट, यसोदा भट्ट, गंगा देवी, झिमा बिष्ट, मायादेवी बिष्ट, तारा भट्ट र मानमती भट्टलाई नागरिक आवास कार्यक्रमका लागी सिफारिश गरिएको छ ।