धनगढी। धनगढीस्थित नवजीवन हस्पिटलमा २७ र २८ गते निःशुल्क मृगौला जाँच शिविर हुने भएको छ । शिविरमा बरिस्ठ मृगौला रोग विशेषज्ञ डा.अर्चन शम्शेर राणा, बरिस्ठ मृगौला रोग विशेषज्ञ डा। बिक्रम वीर बज्रचार्य, बरिस्ठ मृगौला रोग विशेषज्ञ डा.दिवाकर मानन्धरबाट मृगौला स्वास्थ्य परिक्षण गराइने नवजीवन हस्पिटलका सिईओ चक्र खडायतले जानकारी दिए।
शिविरमा निःशुल्क स्वास्थ्य परामर्श मृगौला, निःशुल्क पिसाब, भिडियो एक्सरे ५० प्रतिशत, सादा एक्सरेमा ५० प्रतिशत र रगत जाचमा २० प्रतिशत छुट रह्ने हस्पिटलक सिईओ खडायतले बताएका छन् ।मृगौला समस्या भएका तथा स्वास्थ्य परिक्षण गर्न चाहने व्यक्तिले २७ र २८ गते सेवा लिन सक्ने उनले बताए।