धनगढीः नेपालको बैतडी र भारतको पिथौरागढ जोड्ने झुलाघाट नाकाबाट भारतिय पर्यटकहरुलाई आउन रोक लगाएको छ । भारतबाट नेपाल घुम्न आउने अधिकाशं पर्यटकहरुमा कोरोना संक्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको हो।
नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना संक्रमण देखिन थालेको हो। स्वास्थ्य कार्यालय बैतडीका अनुसार सोमबार चारजना भारतीयमा कोरोना पुष्टि भएको छ। झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूमा कोरोना देखिएको हो। कोरोना देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ। बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च रहेको छ।