बैतडी। बैतडीका १३ वर्षीय एक किशोर बेपत्ता भएका छन्। जिल्लाको सिगास गाउँपालिकास्थित वडानम्बर ८ लुपुडका महाबिर बोहराका १३ वर्षीय छोरा सुरेन्द्र बोहरा शनिबार देखि बेपत्ता भएका हुन् । सुरेन्द्र घरबाटै बेपत्ता भएको उनका मामा मुकेश रावलले बताए ।
रावलका अनुसार घरमा सुरेन्द्र हिजो दिउसो २ बजेबाट बेपत्ता भएका हुन्। अहिले स्थानीय र आफन्तले उनको खोजी गरिरहेका छन् । ती किशोर यसअघि पनि कैलालीमा बेपत्ता भएका थिए । उनी असार १९ मा कैलालीको घोडाघोडी नगरपालिका (सुखड) पिपल डाँडाबाट बेपत्ता भएका थिए । तर, खोजी गर्दा अत्तरियामा फेला परेका थिए । त्यसपछि उनलाई पहाडघर ९बैतडी० लगिएको थियो । उनको मानसिक अवस्था अस्वस्थ रहेकाले पटकपटक बेपत्ता हुन लागेको आफन्तले बताएका छन् ।