धनगढी : मान्छे जन्मिने बित्तिक्कै .सबै थोक सिकेर आएको हुदैन । समाजमा मान्छेको हैसियतमा जिउनका लागी मानिसले धेरै संघर्ष गर्नुपर्छ । पुरुष मान्छेले त कति संघर्ष गर्नुपर्छ जिन्दगीलाई जिन्दगीझैँ बनाउन । अधिकाशं महिला पुरुषझैँ बाहिरको काम गर्नुभन्दापनि घरको चुलोचौकोमा ठिक्क हुन्छन् । पुरुषझैँ बाहिर काम गर्नका लागी महिलाले झनै संघर्ष गर्नुपर्छ । एकातिर आफ्नो सपना पुरा गर्न संघर्ष गरिरहँदा समाजले समेत त्यो संघर्षलाई सकारात्मक तरिकाले हेरिदिदैन ।
महिलाले आफु, परिवार र समाज संगै राखेर निकै संघर्षबाट यस्ता केही सफलतामा पुग्ने गर्दछन् । यस्तै यस्तै संघर्षबाट मान्छेको जिवनले कोल्टे फेरेका इतिहाँस धेरै छन् । हो यस्तै यस्तै संघर्षका मैदानमा लड्दै, उकाली, ओरालीझर्दै, बाटोका सयौँ ढुगांसित ठोकिदै संघर्षलाई जारि राखेकी संघर्षशिलनारी हुन कृष्णा ।
२०५४ साल कार्तिक २८ गते आमागुमा देवी सिराडी र बुवा करबिर सिराडीकी कान्छो सन्तानका रुपमा भारतको दिल्लिमा जन्म लिएकी हुन् कृष्णाले । बुवा रोजगारीको शिलसिलामा भारत बस्दै गर्दा घरको दोश्रो सन्तान तथा पहिलो छोरीका रुपमा उनको जन्मभएको थियो । आर्थिक अवस्था सामान्य रहेको अवस्थामा बुवा करबिर घर परिवारको खर्च चलाउनकै लागी भारत पुेका थिए । सोही बेला कृष्णाको जन्मभयो । कृष्णा ३ बर्षसम्म भारतमै हुर्किइन् ।
डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर २ सिराडा स्थाई घर भएका करबिर ३ बर्षपछि परिवार ल्याएर स्वदेश फर्किए । कृष्णा भन्दा जेठा एक दाई र कृष्णा गरी एक छोरा र एक छोरी सहित सुखी परिवार सिराडामै त्यसपछि १० बर्ष बस्यो । घरको आर्थिक अवस्था सामान्य हुँदा परिवार पाल्नकै लागी धेरै संघर्ष गनुप¥यो । सिराडाबाट २०६८ सालमा परिवारनै बागछेडा बसाई स¥यो । बागछेडामा सामान्य ब्यवसाय गर्दै कृष्णाका बुवाले परिवार पाल्थे ।
घरको जेठो छोरालाई पढाइका लागी घरबाट धनगढी पठाइयो । बिस्तारै कृष्णा पनि हुर्कदै गइन् । उनले २०७१ सालमा बडिकेदार ३ बर्षैन माध्यमिक बिद्यालयबाट माध्यमिक शिक्षा उत्तिर्ण गरिन् । माध्यमिक शिक्षा उत्तिर्ण गरेसंगै उच्च शिक्षा हाँसिलका लागी उनि धनगढी झरिन् । नयाँ शहर, नयाँ मान्छे भएको ठाउँमा कृष्णा दाई दीपेन्द्रराज सिराडी संगै रुममा बस्न थालिन् । क्ृष्णामा सानैदेखी नृत्यमा रुचीथियो । धनगढीआएलगत्तै डान्स क्लास शुरु गरिन् । ६ महिनासम्म डान्स क्लास लिएकी कृष्णाले कम्मरमा समस्या आएकाले डान्स छोडिन् ।
पहाडबाट धनगढी झरेकी कृष्णाको मनसाय सानैबाट केहीन केही गर्नुपर्छ भन्ने थियो । उनले कैलाली बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्यायनका लागी भर्ना गरिन् । उच्च शिक्षा अध्यायन संगै कृष्णा दाइसंग बस्ने गरेपनि केही र्ने सोचमा हुन्थिन् । उनलाई काम सानो ठुलो लाग्थेन । धनगढीका बिभिन्न ठाउँबारे उनले कसैबाट थाहा पाइनन् । धनगढीमै दाई बस्ने तथा मामाको परिवार लगायत थुप्रै आफन्त भएपनि उनि आफै सिक्न र केही गर्न चाहान्थिन् । धनगढीका सबै ठाउँ हेर्न र ठाउँका बारेमा थाहा पाउनकै लागीपनि उनले कयौँ बाटो बिर्षनुप¥यो । किशोरा अवस्थाको उमेरमा उनलाई केही नगरेपनि पढाउनकै लागी घरबाट ब्यहोरिहाल्थे । तर उनले त्यसो सोचिनन् । आफै केही गर्छु भनेर कृष्णाले शुरुमा धनगढीका केही पत्रपत्रिकाका् मार्केटिङ गरिन् । त्यसमाखासै आम्दानी भएन । तर धनगढीका केही ठाउँ चिन्ने मौका भने कृष्णाले पाइन ।
केही जागिर गरौँ भनेपनि उच्च शिक्षा अध्यायनकै बेला कसले राम्रो पैँसा दिन्थ्यो र । उनले त्यसपछि आफ्नै पहाडमा उत्पादनभएको तरकारी, दाल लगायत समान ल्याएर धनगढी बजारमा बिक्रिगर्न थालिन् । पहाडबाट समान बसमा आउँथ्यो कृष्णाले भनिन् ‘त्यो समान साइकलमा राखेर धनगढी बजारमा समान बेच्दै म हिँड्थे ।’ मलाई घरबाट आफै कमाएर खर्च चलाउ पनि भन्नुभएको थिएन उनले भनिन् ‘पढाउनकै लागी त घरबाट खर्च दिइहाल्थे होला तर मनले काम नगरी बस्न मान्थेन, त्यसपछि पहाडको समान बसबाट लिदै साइकलमा मैले धनगढी बजारमा बेच्ने गरे ।’ त्यो बेला साइकलमा समान राखेर धनगढी बजारमा बेच्दै हिँड्ने बेला कहिल्यै साइकलबाटै समान झरेको त कहिल्यै साइकल पेन्चरनै हुँदा परेको पिडा कृष्णा अहिले सम्झिन्छिन् । भरखरै पहाडबाट झरेकी कृष्णा तराइको गर्मियाममा पसिना पुछ्दै साइकलमा समान बोक्थिन् । र त्यो रकमबाट आफ्नो खर्च चलाउँथिन् । त्यही बेलाबाट उनमा संघर्ष गर्ने बानी प¥यो र कामका लागी कहिल्यै उनि पछि परिनन् ।
२०७३ सालमा कैलाली बहुमुखी क्याम्पसबाट कृष्णाले उच्च माध्यमिक शिक्षा उत्तिर्ण गरिन् । उच्च शिक्षा उत्तिर्ण अघिनै कृष्णाले गायन क्षेत्रमा जाने योजना बनाइन् । सानैबाट गायनका लागी योजना नभएपनि त्यो बेला उनले सोच बनाइहालिन् ।
उनलाई त्यहि बेला एउटा गित गाउने अवशरपनि मिल्यो । पहिलो गित ‘चोखो माया फेरि’ थियो । सो गित रेकर्ड गर्न उनि काठमाण्डौँको अलाफ स्टुडियोमा गइन् । त्यहाँ गित रेकर्डिङ भयो, तर प्राबिधिक गडबडीले फेरी सोही गित अत्तरिया स्थित अलिशा म्युजिक रेकर्डिङ स्टुडियोबाट गाउनुप¥यो ।
सो गितले राम्रै बजार पाएपछि उनमा गायन क्षेत्रप्रति झन लगाब बढ्दै गयो । बढिजसो सुदूरपश्चिमेली डेउडा गित गाउने कृष्णाले अहिलेसम्म २ सय बढी गित रेकर्डिङ गरिसकेछि छिन् ।
हेर्दा खाइलाग्दो ज्यान भएकी कृष्णा अली घमण्डी होलिनकी लाग्छ । तर उनको मन कोमलो छ । उनलाई सहयोग र साथ दिने मान्छेलाई निकै माया गर्छिन् आफन्त नातागोतामा सबैलाई सम्मान गर्ने उनको बानी छ । आफन्त इस्टमित्रहरुसंग समय मिलाएर भेटघाट गरिरहने उनको बानी छ । सफा मन भएकी कृष्णा अहिले गायन र क्यामेरा तथा निर्देशन क्षेत्रमा अब्बलनै बनेकी छिन् ।
उनी यति जिम्मेवार छिन की सबै अधिकाशं पुरुषभन्दा बढी जिम्मेवारी उनले बोकेकी छिन् । कृष्णाले गायन क्षेत्रलाइ मात्रै निरन्तरता दिइनन् । गायन क्षेत्रले मात्रै आर्थिक अवस्थामा बलियो बन्न नसकिने जस्तो देखेर उनले क्यामेरापनि चलाउन थालिन् । अहिले कृष्णा म्युजिक भिडियो सुटिङ संगै निर्देशनको कामपनि गर्छिन् । सायद म्युजिक भिडियो सुटिङ गर्ने सुदूरपश्चिमकी पहिलो महिला क्यामेरा हुन् कृष्णा । अहिले गायन क्षेत्रलाई निरन्तरता दिनुका साथै उनि म्युजिक भिडियो सुटिङमापनि जमेकी छिन् । गायन क्षेत्र संगै म्युजिक भिडियो सुटिङको कामपछि कृष्णाले एउटा स्कुटीपनि किनेकी छिन् । धेरै आवतजावत गर्नुपर्ने भएपछि सहजताका लागी उनले स्कुटी लिएकी हुन् । काम धेरैजसो परिरहन्छ अनी घरको काम धेरैनै पर्छ कृष्णाले भनिन् ‘धेरै दौडिनुपर्ने भयो केही सहज होला भनेर स्कुटी किने, अहिले यता उता गर्न सहज भएको छ ।’
शुरुको गित गाउँदा घरबाट नगाउ भनेपनि अहिले सबैले बुझिसकेका छन् उनले भनिन् ‘अहिले घर परिवारबाट राम्रै सहयोग भइरहेको छ, मेरो मामा, माइजु लगायत सबै आफन्तबाटपनि राम्रो सहयोग भइरहेको छ ।’ समाजलेपनि त्यस्तो नराम्रो सोच्दैनन् उनले भनिन् ‘मेरो मेहेनत अनी मेरो ब्यवहार समाज र आफन्तलेपनि राम्रो संग बुझेका छन् यस कारण सबैबाट सहयोग पाएकी छु ।’
बहिरबाट संगित क्षेत्रमा रहेका महिलाहरुलाई केही फरक नजरले हेर्ने गरिन्छ तर यहाँ अरुको नजर जस्तो गलत केही छैन । अन्य क्षेत्रमा काम गर्नेहरुको जस्तै दैनिकि उनिहरुको पनि छ । अहिले कृष्णा स्नातक तहको अन्तिम नतिजाको पर्खाइमा छिन् । उनले पढाइ संगै गायन, म्युजिक भिडियो सुटिङलाई निरन्तरता दिएकि छिन् । साथै उनि समाज सेवामापनि सक्रिय छिन् ।
मलाई धेरै कमाउनु छैन जिन्दगीमा संघर्ष के हो मलाई थाहा छ उनले भनिन् ‘मेरा आफन्त, घर परिवार, समाज र मलाई माया गर्नेहरुको नजरमा म गलत हुने छैन आफु र समाजका लागी काम गर्दै यही क्षेत्रलाई निरन्तरता दिने छु र अँझ राम्रो गर्ने कोशिस गर्ने छु ।’