धनगढी : बैतडीको पुर्चौडी नगरपालिकाका पुर्व नगर प्रमुख रण बहादूर कुँवरले नगरपालिकाबाट बुझेका बिभिन्न समान फिर्ता नगरेको पाइएको छ । नगरपालिकामा नयाँ नेतृत्व आएको करिब ३ महिना पुग्न लाग्दा समेत कुँवरले लगेका जिन्सी समान फिताए नगरेको पाइएको हो ।
कुँवरले गत २०७४ सालको स्थानिय निर्वाचनमा निर्वाचित भएपछि व्यक्तिगत प्रयोगका लागि पाएको पलङ्ग, टेलिभिजन, ल्यापटप, सोफालगायतका ३४ किसिमका जिन्सी सामान शुक्रबारसम्म पूर्व मेयर कुँवरले दाखिला नगरेको पाइएको हो ।
नगरपालिकाका जिन्सी शाखा प्रमुख उत्तमबहादुर विष्टका अनुसार पूर्व मेयर कुँवरले जिन्सी शाखाबाट बुझेको ग्याँस सिलिण्डर २ थान, चुलो १ थान, ३ वटा स्मार्ट फोन, ७ थान सोफासेट, २ थान स्टिल दराज, १ थान टि टेवल, ७ थान प्लाष्टिक कुर्सी, १ थान भाडा राख्ने र्याक समेत लगेकोमा फिर्ता गरेका छैनन् ।
यस्तै कासाको थाल ५ थान, १५ थान कचौरा, ५ थान गिलास, १ थान तामाको जग, २ थान प्रेसर कुकर, २ थान कराइ, १ थान फ्राइप्यान, ४ थान लोटा, १ थान डिस होम सेट, १ थान सोलार प्यानल, २ थान व्याट्री, १ थान इन्भर्टर, १ थान परात, १ थान चौकी–वेलन, १ सेट डाडु–पन्यु र आधा दर्जन चम्चा पनि कुँवरले फिर्ता नगरेको पाइएको हो।