डोटी। डोटीको बुडर तथा कञ्चनपुरको बंक–नायल सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)प्रतिवेदन स्वीकृत भएको छ। १२.५ किलोमिटर लम्बाइको उक्त सडकको इआइए प्रतिवेदन लामो समयदेखि स्वीकृत नहुँदा सडक निर्माणमा समस्या हुँदै आएको थियो।
वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम मन्त्रीस्तरीय निर्णय गरेर सडक निर्माणको गाँठो फुकाएका हुन्। उक्त सडक निर्माण भएपछि कञ्चनपुरबाट डडेल्धुरा जानका लागि कम्तीमा तीन घन्टा मात्रै लाग्ने बंकका स्थानीय सुरेन्द्र बमले जानकारी दिए।