बाजुरा। बाजुराकी एक गर्भवती महिला हेलिकप्टरको पर्खाइमा रहेकी छन। बाजुराको जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथलाई सुत्केरी ब्यथा लागेको ३ दिन भइसकेको छ । उनी जिल्ला अस्पताल बाजुरामा छन। उनलाई आइतबार कोल्टीमा जहाज नआए पछि बोकेरै जिल्ला अस्पताल बाजुरामा ल्याईएको हो।
तरपनि जिल्ला अस्पतालमा पनि सम्भव नभएको भन्दै जिल्ला अस्पताल बाजुराले पनि रेफर गर्यो। यता उनिलाई ब्यथा लागेको ३ दिन भईसक्दा पनि उनको उद्धार हुन नसकेको उनका आफन्तले बताए ।प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार हेलिकप्टरको पहल भईरहेको बताएका छन । मौसमा खरावीका कारण हेलिकप्टर आउन नसकेको हो मौसम सफा भए तत्कालै उद्धार गरिने प्रमुख जिल्ला अधिकारीले बताए। नेपाली सेनाको हेलिकप्टर काठमाडौबाट आउने तयारी रहेको उनले वताएका छन्।