धनगढी : बैतडीको सुर्नया गाउँपालिकाका निबर्तमान जनप्रतिनिधी तथा कर्मचारीहरुले आर्थिक बर्ष २०७७÷७८ मा खाना र बिविधमा ६७ लाख २० हजार खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा खाना र बिविधमा ६७ लाख २० हजार खर्च गरेको पाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।
गाउँपालिकाका जनप्रतिनिधीले ऐनमा उल्लेख भए अनुसार बाहेक १५ लाख बढी अनुगमन भत्ता बुझेको पाइएको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार वडा नवर १ मा वडा अध्यक्ष तथा सदस्यहरुले रु २०००००, वडा नम्बर २ मा रु २०००००, वडा नम्बर ३ मा १९१०००, वडा नवर ४ मा रु १९७०००, वडा नम्बर ५ मा २०००००, वडा नम्बर ६ मा १९८०००, वडा नम्बर ७ मा रु १९९००० र वडा नम्बर ८ मा रु २००००० गरी जम्मा १५ लाख ८५ हजार रकम ऐनमा उल्लेख भए अनुसार बाहेक योजना अनुगमन गरेको भनी भुक्तानी लिएको पाइएको छ ।
यसरी ऐन बिपरित भुक्तानी गरिएको रकम भुक्तानी पाउने प्रमाण भए पेश गर्ने नभए अशुल हुनुपर्ने महालेखाले जनाएको छ । उक्त खर्चमा मितव्ययिता कायम गर्न पनि महालेखाले सुझाव दिएको छ ।
महालेखाका अनुसार स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानिय तहले आफ्नो अधिकार र कार्यबोझाको बिश्लेषण गरी संगठन तथा ब्यवस्थापन सर्वेक्षणको आधारमा स्थाई प्रकृतीको कामको लागी सेवा करारमा दरबन्दी प्रस्ताव गर्ने र अस्थाई दरबन्दी श्रृजन ागर्न सकिने ब्यवस्था छ । तर पालिकाले बिभिन्न पदमा कर्मचारी भर्ना गरी ५१ लख खर्च गरेको छ । पालिकाले ऐन बिपरित कर्मचारी भर्ना गरी सो रकम खर्च गरेको महालेखाले जनाएको छ ।