बैतडी। बैतडीका एक युवक काठमाण्डौंमा मृत भेटिएका छन् । बैतडीको डिलाशैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराका २१ बर्षीय छोरा कपील बोहरा मृत भेटिएका हुन्।
काठमाण्डौंमा फार्मेसी अध्ययन गरिरहेका बोहरा आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। बोहरा झुण्डिनुको कारण भने खुल्न नसकेको काठमाण्डौंमै रहेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए। मृतक बोहराको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।