बाजुरा। बाजुराको एक छात्रवासमा झुन्डिएको अवस्थामा विद्यार्थीको शव फेला परेको छ। बाजुराको बुढीगंगा नगरपालिका वडा न १ मा रहेको धुरालसैनमा माध्यामिक विद्यालयको छात्रवासमा एक जना विद्यार्थीको शव झुन्डिएको अवस्थामा पेरेको हो। झुन्डिएको अवस्थामा फेला परेको सव बुढीगंगा नगरपालिका-७ बस्ने धन बहादुर खड्काका २१ वर्षिया छोरा नविन खड्काको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृतक खड्का उक्त बिद्यालयमा प्राबिधिक वन बिज्ञान अध्यन गर्दै आएका थिए। सोही बिद्यालयको छात्रबास बस्दै आएका मृतक खड्का दोश्रो वर्ष प्राबिधिक धार बन विज्ञानमा अध्यनरत थिए । बिहिवार राती करिव ९ वजेको समयमा खाना खान बोलाउदा फोन स्विच अफ भनेपछि बोलाउद नबोलपछि ढोकाको पुवालबाट हेर्दा झुन्डिएको अवस्थामा देखेपछि बिद्यालयका प्रधानाध्यापकले आफन्तलाइ र जिल्ला प्रहरी कार्यालय बाजुरालाइ खबर गरेको प्रहरी कार्यालय बाजुराले जनाएको छ । मच्छरदानीको पासो लगाएको र पासोको घाटीमा गाठो नपरेको हुँदा घटना प्रती थप आसंका पैदा भएको स्थानीयले बताए।
हत्या गरेर झुन्डाइएको हुन सक्ने आफुहरुको बुझाई रहेको पनि स्थानीयको भनाई छ ।जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटना स्थलमा गइसकेको र घटनाको अनुसन्धान पछिमात्र घटना के कारणले घटेको हो भन्ने पत्ता लगाउन सकिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सवलाई पोष्टमाटमका लागि सदरमुकाम मार्तडी ल्याउने तयारी भैरहेको र घटनाको थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ।