बैतडी। बैतडीको दशरथचन्दमा एक घर भत्कीएको छ। जिल्लामा लगातारको वर्षाका कारण दशरथचन्द नगरपालिका वडा नं ५ सेलौटीका देवि राम लोहारको दुइ तले घर भत्कीएको हो । बुधबार दिउँसो घर भत्कीएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।
सिलेटले छाएको घर भत्कीदा गोठमा बाँधेका बाख्रा मरेका छन् भने मानविय क्षति भने नभएको बैतडी प्रहरीले जनाएको छ । मान्छेहरु घर बाहिर रहेकाले मानविय क्षति हुन नपाएको प्रहरीको भनाई छ । ११ जनाको परिवार बस्ने लोहारको घर भत्कीएपछि अहिले उनिहरु तिरपालमुनि बसि रहेका छन्।