कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले गोदावरी नगरपालिका ५ गेटास्थित निर्माणाधीन गेटा मेडिकल कलेजको अनुगमन गरेका छन्। बिहीबार मुख्यमन्त्री, मन्त्री, अस्पताल निर्देशक डाक्टर प्रमोद जोशी लगायतको टिमले मेडिकल कलेजको अनुगमन गरेको हो।
अस्पताल निर्देशक डा।जोशीका अनुसार अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्। कलेजका भित्री संरचना विद्युत, खानेपानी, ढल निकास चाडै तयार गर्न मुख्यमन्त्री भट्टले पनि त्यहाँ उपस्थित इन्जिनियलाई निर्देशन दिएको डा।जोशीले बताए।