धनगढी। वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ। गम्भीर बिरामीपछि अस्पताल भर्ना भएका उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। बझाङको छबिसपाथिभेरा गाउँपालिका-२ मुम्ला निवासी ५४ वर्षीय कडायतलाई मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो। कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए। उनका ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौं गती चर्चित छन्। लोकदेउडा गायक सुरत रावत डोटेली कान्छाले कडायतको निधनले देउडा क्षेत्रमा ठूलो क्षती पुगेको बताएका छन्।