डडेल्धुरा। डडेल्धुराका नेता कर्ण बहादुर मल्ल नेपाली कांग्रेस (बीपी)पार्टीमा प्रवेश गरेका छन् । शनिबार नेपाली कांग्रेस (बीपी) डडेल्धुराका निवर्तमान जिल्ला सभापति तिलक हमालले पार्टिको सदस्यता दिएर मल्ललाई प्रवेश गराएका हुन् ।
शुक्रबार नेता मल्लले सामाजिक संजालमा अबको यात्रा बीपी र किसुन जीले रोजेको बाटोमा लाग्ने घोषणा गरेका थिए । उनले लेखेका थिए, ‘आज बी.पी.स्मृति दिवसको दिन उहाँले उदघोष गर्नु भएको र किसुन जी ले रोजेको बाटोमा नै यात्रा गर्ने प्रण गर्यौँ जय नेपाल ! जय बी.पी.!!’नेपाली कांग्रेसले उनलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै बैशाखमा नेपाली कांग्रेसको सदस्य समेत नरहने पार्टीबाट हटाइएको थियो । मल्ल दुई पटक नेपाली कांग्रेस डडेल्धुराको सभापति भएका थिए । भने २०७४ सालको प्रदेशसभाको निर्वाचनमा डडेल्धुराको ख क्षेत्रबाट निर्वाचित भएका थिए । वैशाख १३ गते नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको भनिएको छ।
डडेल्धुरामा नेपाली काँग्रेस (विपी)को नयाँ कार्यसमिति गठन