बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले बाटोमा सन्तानलाई जन्म दिएकि छन् । वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ बर्षिय कार्तिका बिकले बाटोमा बच्चा जन्माएकि हुन् ।
सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले गाउँ बाट एक घण्टा भन्दा बढिको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए । घरमा ल्याउदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताएका छन् । कार्तिका बिकको यो तेस्रो बच्चा रहेको जनाइएको छ।
स्वास्थ्यकर्मी होलान भनेर लग्यौ, त्यहाँ कोही पनि स्वास्थ्यकर्मी नभएपछि फिर्ता ल्याउदै गर्दा बाटोमै छोरा जन्माएको बल बहादुर विकले बताए। वडा अध्यक्ष अजय बहादुर बिकका अनुसार माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको वताए । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए। गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि ईकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी बिहिन भएको अजयले वताएका छन्।
स्वास्थ्य चौकीमा कार्यरत अनमि अहेब कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन्। आबश्यकता आधारमा मात्र करार थप गर्ने वा बिज्ञापन मार्फत भर्ना गर्ने वताएको भएपनि गाउँपालिकाले अहिले सम्म कुनै निर्णय लिएको छैन् ।अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नविकरण नहुदा स्वास्थ्य सेवा प्रभाबित भएको छ । बाजुरामा ३ बर्ष यता ८ जना गर्भवती तथा सुत्केरी आमाले ज्यान गुमाइसकेका छन् ।