बैतडी। बैतडीको मेलौली ८ कोटिगाउँका युवाहरू मिलेर गङ्गेश्वर मन्दिरका लागी सहयोग संकलन अभियान सुरु भएको छ । बैतडीको मेलौली नगरपालिका वार्ड नम्बर ८ कोटिगाउँमा अवस्थित सो मन्दिरको सोलार जडान तथा आवस्यक ब्यवस्थापन गर्न सहयोग संकलन अभियान सुरु भएको हो।
गङ्गेश्वर मन्दिर बिगत भन्दा बर्तमान समयमा आएर अहिले सुधारिएको भएपनी अझै केही आवश्यकीय सामाग्रीको ब्यवस्थापन गर्न सहयोग संकलन अभियान सुरु गरिएको जनाइएको छ । प्रवासी युवा डम्बर ठगुन्नाले मेलौली नगरपालिका वडा ८ मा अबस्थित हिन्दु धर्मका आराध्यदेव शिवरुपी गंगेश्वर मन्दिरमा उज्यालो सोलार जडान, आवश्यक भाडाकुडा, सर-समान तथा अन्य आवस्यक कुरा ब्यवस्थापन गर्न आवश्यक भएकाले सम्पुर्ण करिया तथा आस्थावान सबैमा आर्थिक सहयोग (दान)को लागि स्थानीय युवाहरूलाई अनुरोध समेत गरेका छन ।
सहयोग संकलन अभियानको जिम्मेवारी नेपालकालागि शम्भु सिह बिष्ट (मुखिया) छन भने नेपाल बाहिर (भारत) लगायत अन्य मुलुकका लागि स्थानीय प्रवासी युवा डम्बर ठगुन्ना रहेका छन् । गङ्गेश्वर मन्दिर बैतडीको भु-दृष्टिकोणबाट उच्च भु भागमा यो मन्दिर रहेको छ । शक्ति पिठ मध्येको एक बाबा गङ्गेश्वर मन्दिरको नाम पनि आउँछ । विभिन्न ठाँउहरुबाट यस मन्दिरमा पुजा पाठ गर्न भक्तजनहरु आउने गर्छन। सोचेका चाहेका सबै सपनाहरू तथा मनोकामनाहरु पूरा हुने आश्वासन रहि आएको छ।
मेलौली ८ कोटिगाउँ एक त विकट अर्कोतिर विद्युतको पहुँच नभएकोले अनेक प्रकारका समस्याहरु हाम्रो यस मन्दिर भित्र रहेका छन ।मेलौली नगरपालिकाबाट झन्डै एक डेढ घन्टाको अवधीको समय खर्च गरेर सो मन्दिरमा पुग्न सकिन्छ। गङ्गेश्वर मन्दिर ब्यबस्थापन समिती पनि रहेको छ । बिगत भन्दा बर्तमानमा आएर अहिले सुधारिएको तथा बाहिर वरिपरि सजावट गरिएको छ । मन्दिरको छतमा ताम्रपत्र , मन्दिर वरिपरि फुलहरु रबृक्षारोपण ,मन्दिर परिसर सिढि स्थानीयहरु सबै मिलेर भौतिक रुपमा निर्माण गरिएको गरेका हुन। मन्दिर कोटिगाउको ठिक बिच भागमा पर्द्छ यहाँबाट थुप्रै क्षेत्रहरुको दृश्याअवलोकन सजिलै गर्न सकिन्छ । यो मन्दिर चारैतिर सुन्दर डाडा पाखाहरुले सजिएको प्राकृतिक उपहार स्वरुप मानिन्छ । यो मन्दिरमा साउनमहिनाभरी विशेष रुपमा पुजा आजा साझ बिहान बत्ति बलिरहन्छन। पुर्खाहरुबाट नै बिस्वासको धरोहर मानिदै आएको छ। भदौ महिनामा यो मन्दिरमा सबैभन्दा पहिला मकै चढाईन्छ ।जसलाई (स्थानीय भाषामा न्वाकी) भन्ने गरिन्छ।