बझाङ। बझाङको छबिसपाथिभेरामा जेसिबी तोडफोड भएपछि अवरुद्ध भएको सडक खुलाउन सकिएको छैन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका- २ मुग्लाका साइरन ऐडीले गत असार तेस्रो साता गाउँपालिकाको जेसिबी तोडफोड गरेपछि सडक खुलाउन नसकिएको हो । आफूले चलाएको जीपलाई साइड नदिएको भन्दै उनले जेसिबी तोडफोड गरेका थिए। उनले त्यतिखेर मदिरा सेवन गरेका थिए।
उनले जेसिबी तोडफोड गरेपछि गाउँपालिकाले उनीमाथि सार्वजनिक मुद्दा चलाउने निर्णय ग¥यो। त्यस लगत्तै छोरालाई सार्वजनिक मुद्दा नलगाउनु जेसिबी मर्मतको जिम्मा हामी लिन्छौं भन्दै साइरन ऐडीकी आमा कल्पनाले वडाध्यक्ष पविन्द्र मण्डेल र गाउँपालिकाका भौतिक पूर्वाधार विकास संयोजक अम्मरबहादुर थापा लगायत सबैका सामु ५ दिनभित्र क्षतिपूर्ति दिने भन्दै असार २९ गते कागज गरिन्।
त्यसपछि गाउँपालिकाले जेसिबी मर्मत गर्न डडेल्धुरा पठायो। जेसिबी मर्मत भएर आएपनि मर्मत गर्न २ लाख १३ हजार लागेकोमा तोडफोड गर्ने ऐडीले क्षतिपुर्ति दिएनन्। उल्टै उनी सम्पर्क बिहीन भए।उनकी आमा कल्पनाले पनि आउँछु भन्दै आजसम्म कुराइरहेको वडा नम्बर २ का वडाध्यक्ष पविन्द्र मण्डेल बताउँछन्।यस विषयमा शुक्रबार बस्ने कार्यपालिका बैठकले निर्णय लिने वडाध्यक्ष मण्डेलको भनाइ छ।छबिसपाथिभेराका विभिन्न ठाउँमा बाढी पहिरो आउँदा सडक अवरुद्ध छन् तर पालिकाको आफ्नै जेसिबी भए पनि अवरुद्ध सडक खुल्न सकेका छैनन्।
जयपृथ्वी राजमार्ग बन्द हुँदा वैकल्पिक मार्गका रुपमा लिइएको भाँडे-ब्याँसी-मेल्लेख-नौरा सडक हाल बन्द रहेको छ।सडक बन्द हुँदा छबिसपाथिभेरा बासिले लामो र कष्टपूर्ण यात्रा गर्नु परेको छबिसपाथिभेरा २ मण्डीका देवचन्द्र मण्डेलले बताए।उनका अनुसार सडक अवरुद्ध भएको महिनौं भयो तर सडक खुलेन। उनले भने, ुगल्ती एक जनाले गरे तर सजाय सबै पालिकाबासीले भोग्न परिरहेको छ। कि त उसलाई नियमानुसार कार्बाही गर्नुपथ्र्यो कि त सडक खुलाउनु पथ्र्यो। आफ्नै जेसिबी भएर पनि हामीलाई दुख दिने गाउँपालिकाको कस्तो नियत होरुुएक जनाले गर्दा सबै पालिकाबासीले दुःख भोग्नुपर्ने अवस्था सिर्जना भएको छ। बिरामीलाई अस्पताल लैजान र सदरमुकाम जान निकै सास्ती भएको अर्का स्थानीय विक्रम मण्डेलले बताए। बर्खायाममा झन् पालिकाले तयारी अवस्थामा बस्नुपर्ने वेला दुख झेल्नु परेको उनले गुनासो गरे।