बाजुरा। बाजुरामा कालाजारका एकजना बिरामीको मृत्यु भएको छ। बाजुराको बुढिनन्दा नगरपालिका १ बस्ने ५२ बर्षिय पर्वलाल गुरुङ्गको कालाजारका कारणले मृत्यु भएको हो। कालाजारबाट थलिएका पर्वलाल उपचार अभाबमा मृत्यु भएको स्थानिय हिकम्त वडले वताए। सरकारले कालाजारको जाँच देखी उपचार सम्म निशुल्क गर्ने व्यबस्था गरेको भएपनि पर्वलालको भने उपचार नपाएर मृत्यु भएको छ।
कालाजारबाट थलिएका पर्वलाललाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो । तर पर्वलाल सँगै पैसा नहुदा उपचार अभाबमा घरमै मृत्यु भएको उनकी श्रीमति पानकला गुरुङ्गले वताईन् । पर्वलालको मृत्यु सँगै उनको तिन परिवार बिच्चलीमा परेको छ। कालाजारबाट निकै सिकिस्त थिए, आफुहरुले नेपालगञ्ज वा काठमाडौ जानु भनेका थियौ प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डा. चेत बहादुर धामिले वताए । पर्वलाल कालाजारले निकै सिकिस्त थिए, उनलाई यहाँ उपचार सम्भब थिएन्, हामीले सक्ने जति उपचार गरेको डा. धामिले वताए ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले उनलाइ नेपालगञ्ज रिफर गरेको थियो, तर पैसा भएन आफन्तले घरमा लगेका थिए । पैसाको जोहो धेरै ठाउँमा हारगुहार गरेका थियौ, कतै बाट पैसा नपाएपछि उपचारमा लग्न नसकेर मृत्यु भएको श्रीमति पानकलाले रुदै भनिन् ।कोल्टि क्षेत्रमा २ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको पनि मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृत्यु भएका हो ।तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ ।