भीम रावलले संसदको रोष्टम २० मिनेट कब्जा गरेपछि‘….

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले एसपिपीबारे सरकारले पठाएको पत्रबारे सदनलाई जानकारी गराउन रूलिङ गर्नुपर्ने माग गर्दै ‘रोष्टम कब्जा’ गरेका छन्। प्रतिनिधि सभामा ‘ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सहभागितामुलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृत प्रदान गर्ने सम्बन्धी’ छलफलका क्रममा बोल्न रोष्टम पुगेका रावलले एसपिपीको विषय उठान गरेका थिए।