बैतडी । बैतडीको मेलौली ८ कोटिगाउँ मौरिजरमा आमोद ईग्लिस बोर्डिङ स्कुल स्थापना भएको छ। सो क्षेत्रमा रहेका स साना बालबालिकाले घण्टौँ पैदल हिंडडुल गर्नूपर्ने मुख्य समस्यालाई मध्येनजर गर्दै सो ईग्लिस बोर्डिङ स्कुल स्थापना गरिएको हो ।
सो ईग्लिस बोर्डिङ स्कुल मेलौली नगरपालिका वार्ड न ९ बिशालपुर असुरका स्थायी बसिन्दा लोक राज भट्टको सस्थामार्फत अनुमती लिएर संचालित गरेको बोर्डिङ स्कुलका प्रमुख गणेश प्रसाद जोशीले बताएका छन् । मौरिजरमा ईग्लिस बोर्डिङ खोल्नु मुख्य कारण सार्बजनिक बिधालय नभएको पनि होईन,उनले भने । यो ठाँउमा अस्थायी रुपमा सडक संजाल नगरपालिका सङ्ग जोडिए ता पनि स साना बालबालिकाले आधा एक घण्टा पैदल हिंडडुल गर्नुपर्ने मुख्य समस्यालाई मध्येनजर गर्दै आमोद ईग्लिस बोर्डिङको स्थापना गरेका हौँ उनले भने ।
मौरिजर भौगोलिक एक हिसाबले सानो टोल हो, तर आसपासका टोलहरुबाट सुरुवातमै बालबालिकाका अभिभावकहरुको हर्स उल्लासले ईग्लिस बोर्डिङकै प्राङ्गणमा स्थानीय बासिन्दाहरुको भिडभाड बढीरहेको अवस्था छ उनले भने । जोशीका अनुसार अहिले नर्सरि कक्षाबाट सुरु गर्ने निजि श्रोतबाट भएपनि राम्रो गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल असल अनुशासित बालबालिका तथा भबिस्यका कर्णधार बनाउन विशेष पहल रहने छ । साथै उनले भने यस आमोद ईग्लिस बोर्डिङ भबिस्यका कर्णधार उब्जाउने पहिलो प्राथमिकता रहने बिश्वास दिलाए ।
निजि श्रोतबाट अहिले मेलौली नगरपालिका-८ तल्लो क्षेत्र कोटिगाउँमा कुनै पनि बिधालय छैन र सो ठाँउमा एउटा ईग्लिस बोर्डिङको आवस्यकता रहेको र हामिले खोलेको बताए । यस्तै ईग्लिस बोर्डिङमा केही दिन देखी भर्ना अभियान खुल्ने बताउँदै आफ्नो टोल आसपासका स ( साना बालबालिकाहरुलाई यसै आमोद ईग्लिस बोर्डिङमा भर्ना गरिदिन अनुरोध समेत गरेका छन । बोर्डिङ खुलिसकेको र केही दिनबाट भर्ना तथा पठन पाठन सुरु हुने पनि जानकारी दिए । खुशीका तर्क बटुल्दै सोही ठाँउका स्थानीय युवा बैतडी खोज खबर केन्द्रका सम्पादक डम्बर ठगुन्नाले सक्दो सहयोग सल्लाह सुझाव र बधाई तथा सफल सफलताको सुभकामना समेत ब्यक्त गरेका छन।