बैतडी। बैतडीको सुर्नयामा पहिरो गएको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ सेलामा वर्षासंगै पहिरो गएको हो। स्थानीय राम बहादुर साउँदले सोही ठाउँका धनी साउँदको दुई कोठे पक्की पसल भत्कीएको जानकारी दिए । पसल माथि रहेको गणेश आधारभूत विद्यालयको फिल्ड भाँसिएर आएको पहिरोले बुधबार विहान पसल भत्कीएको उनले बताए।
सामान सहित पसल भत्कीदा करिब २० लाखको क्षति भएको बताइएको छ । पसले साहु धनीका अनुसार पसल भित्र १० लाखको सामान थियो ।दुई कोठे पक्की भवन सहित पसल भत्कीदा २० लाख बराबरको क्षति भएको उनले बताए । पहिरोले पसल भत्कीएर बगाउदा सामान नष्ट भएको बताइएको छ ।यस्तै सोहि ठाउँमा एक घर पहिरोको जोखिममा रहको बताइएको छ । स्थानीय रमेश बहादुर साउँदको घर पहिरोको जोखीममा रहेको हो । घट्ना बारे प्रहरीलाइ खबर गरिएको स्थानीयहरुले बताएका छन् ।