धनगढी। भरखरै सम्पन्न राष्ट्रपति रनिंङ सिल्डमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै बिभिन्न पदक जित्ने खेलाडीहरुलाई रास्ट्रिय गोजुरियो दो संघले सम्मान गरेको छ । संघका महासचिव प्रकाश कुमार चन्दको सभापतित्वमा सम्मान कार्यक्रम आयोजना भएको हो । राष्ट्रपति रनिंङ सिल्डमा स्वर्ण पदक जित्ने पुस्पा मडै, बिष्णु बिक, यस्तै कास्य पदक र कातामा रजत पदक जित्ने प्रदिप बैजाली मगर, रजत पदक जित्ने गरिमा मल्ल र पुजा सुनारलाई धनगढी रंगशालामा एक कार्यक्रम आयोजना गरी रास्ट्रिय गोजुरियो दो संघले सम्मान गरेको हो ।कर्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक शहादुर सिहं लगायतले बिजेताहरुलाई खादा र टिका लगाएर सम्मान गरेका हुन् । सम्मान पश्चात कार्यक्रममा बोल्दै सिहंले प्रदेश खेलकुद परिषद गठन भएपछि खेलाडीहरुका लागी बिभिन्न कार्यक्रम आयोजना गरेका बताए । हामी आइसकेपछि खेलाडीका लागी धेरै कार्यक्रम गरेका छौँ सिहंले भने “अँझ धेरै कार्यक्रम बनाएका छौँ बिजेता खेलाडीहरुलाई प्रदेश सरकारबाट पुरस्कारको ब्यवस्था मिलाउने छौँ, खेलाडीहरुले आर्थिक अभाव झेल्नु नपरोस भनेर प्रदेश सरकारबाट मासिक भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।
” हिजोको जस्तो केन्द्रिकृत प्रणाली होइन हामी सबै खेलाडीको हितमा काम गर्न चाहान्छौँ उनले भने “तपाइहरुलाई धेरै धेरै बधाई छ यो भन्दा अँझ प्रगती गर्नु हामी तपाइहरुको साथमा छौँ र खेलाडी प्रशिक्षण गरेर दक्षता बढाउन आवश्यक पहाडी जिल्लाहरुमा समेत हामी प्रशिक्षणको तयारी गरिरहेका छौँ प्रशिक्षक साथीहरु तयार रहनुहोला ।” राष्ट्रपति रनिंङ सिल्डमा पदक जित्ने खेलाडीहरुको मनोबल बढाउनका लागी सम्मान कार्यक्रम आयोजना गरेको रास्ट्रिय गोजुरियो दो संघका महासचिव प्रकाश कुमार चन्दले बताए । यो सम्मान तपाइहरुको मनोबल बढाउनका लागी हो चन्दले भने “हामी रास्ट्रिय गोजुरियो दो संघ तपाइहरु संगै छ भनेर आभास गराउनका लागी यो कार्यक्रम आयोजना भएको हो, अब अर्को कार्यक्रममा स्वर्ण जित्नेलाई १० हजार नगद सहित पुरस्कृत गर्ने छौँ ।”प्रतियोगितामा स्वर्ण जित्नेले नगद रु ५००० कास्यले ४००० र रजतले रु ३००० नगद पुरस्कार पाएका थिए ।