डडेल्धुरा। डडेल्धुरामा एक विद्यालयका प्रधानाध्यापकले लेखापालमाथि कुटपिट गरेका छन् । डडेल्धुराको उग्रतारा माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर शाहुले लेखापाल टीका ऐरलाई कुटपिट गरेका हुन । अमरगढी नगरपालिका–७ को उग्रतारा माविमा शुक्रबार बिहान बिद्यालय हाताभित्र प्रधानाध्यापक शाहुले लेखापाल ऐरलाई कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन्।
कुटपिटबाट लेखापाल ऐर घाइते भएका छन। लेखापाल ऐरको खुट्टा, पिठ्युमा चोट लागेको स्थानिय शेर भण्डारीले जानकारी दिए । कुटपिटको कारण भने खुलेको छैन । डडेल्धुराको पोखरा प्रहरी चौकीले घटनाबारे बुझ्ने कार्य भइरहेको जनाएको छ । विद्यालयको हिसाबकिताब दुरुस्त राख्न नसक्दा झगडा भएको हुनसक्ने वडा अध्यक्ष खडक बोहराले बताएका छन। लेखापाल ऐरले मदिरा सेवन गरी बिहीवार साँझ आफुलाई समेत गालीगलौच गरेको उनले बताए । प्रधानाध्यापक शाहुले लेखापालले विद्यालयको हिसाबकिताब दुरुस्त राख्न नसक्ने गरेको गुनासो आफुसंग समेत गरेको उनको भनाई छ । विद्यालयकै हिसाबकिताबका बारेमा झगडा भएको हुनसक्ने उनको आकँलन गरिएको छ ।