कैलाली। सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा (फिस्टुला)को अपरेशन सुरु भएको छ । यसअघि अस्पतालमा डायलासिस गर्नुपर्ने बिरामीहरू भारत, नेपालगञ्ज र काठमाडौँ जाने गर्थे । मिर्गौलाका बिरामीलाई डायलासिस गर्नु अघि गरिने फिस्टुलाको शल्यक्रिया अस्पतालमै सुरु भएको हो । डायलासिस गर्नुअघि फिस्टुलाको अप्रेशन अनिवार्य गर्नुपर्ने हुन्छ ।
डायलासिस गर्नु पर्ने बिरामीहरू फिस्टुला बनाउन काठमाण्डौँ गाएर महिनौ पालो कुर्नुपर्ने बाध्यता थियो । फिस्टुलाको अपरेशन सेवा सुरु भएपछि काठमाडौँ जानुपर्ने बाध्यता हटेको अस्पतालका डाक्टर विकाश मण्डलले बताए । उनका अनुसार यस क्षेत्रका मिर्गौलाका बिरामीहरू यस सेवाबाट लाभान्वित हुने छन् । अस्पतालमा पाँच देखि एक हजार रुपैयाँसम्म अप्रेशन हुने गरेको उनले जानकारी दिए । डायलासिस गर्नु अगाडि गरिने सर्जरी जसले रक्तनलीमा डायलासिस गर्दा जडान गर्ने ठाउँ अर्थात एभि फिस्टुला बनाइन्छ । यसअघि बिरामीहरू काठमाण्डौँ र भारतका विभिन्न ठाउँ जान्थे ।
सुदूरपश्चिम प्रदेशकै रिफल सेन्टरको रुपमा रहेको अस्पतालमा डायलासिस सेवा सुरु गरेको करिब ५ वर्ष भइसकेको छ । सरकारले निशुल्क डायलासिस सेवा प्रदान गर्दै आइरहेको छ । मृगौलाका बिरामीले फिस्टुलाको अप्रेशन गर्न काठमाडौँ जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । अस्पताल प्रशासनले आवश्यक सामग्री उपलब्ध गराए पछि सेवा बिस्तार गरिएको मण्डलले बताए । अस्पतालले तीन(चार महिनामा मात्र उक्त सामग्रीको व्यवस्थापन गरेको हो ।
मिर्गौलाका बिरामीहरू लाभान्वित हुने भएपछि अस्पतालले सेवा सुरु गरेको हो, उनले भने । अस्पतालमा हाल सम्म पाँच जना बिरामीको सफल अप्रेसन भएर नियमित डायलासिस गराइरहेका छन् । अबदेखि मृगौला फेल भएका बिरामीले डायलासिस गराउन गरिने अपरेशन गर्न काठमाण्डौ र भारतका विभिन्न ठाउँ जानुपर्ने बाध्यता हटेको मण्डलको भनाइ छ । हाम्रो टिमले अहिले निरन्तर रुपमा यसमा काम गरिरहेको छ, उनले थपे । सुदूरपश्चिमका अधिकांश जिल्लाबासीका डायलासिस गर्नुपर्नेहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।