डोटी। डोटीको दिपायलमा एक जना अपरिचित ब्यक्ती मृत फेला परेका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका वडा नंं.३ हलिखोलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
हलिखोलाको पिच सडकमा मृत अवस्थमा भेटिएका अन्दाजि ५० बर्षिय पुरुषको पहिचान हुन नसकेको दिपायल सिलगढी नगरपालिका वडा न–२ का अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए। खडकाले शबको पहिचानका लागी अपिल गर्दै सो ब्यक्तीको बारेमा जानकारी भएका ब्यक्तीहरुले प्रहरीलाई जानकारी दिनका लागी आग्रह गरेका छन्।