कैलाली। कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा पाईएको वाटर उद्योगको उत्पादन रोक्का गरिएको छ । कैलालीको बर्दगोरिया १ बौनियामा रहेको आकाशगङा वाटर एण्ड बेभेरेज प्राली उद्योगको उत्पादन रोक्का गरिएको हो। प्रशोधित पानीको बोतलमा माकुरा पाईएको बिभिन्न मिडियाहरुमा प्रकाशित समाचार र जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशन बमोजिम खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय कैलालीको टोलीले सो उध्योगको स्थलगत अनुगमन गरिएको थियो।
खाद्य निरीक्षक तथा खाद्य बिज्ञ टोलीबाट स्थलगत अनुगमनका क्रममा स्वच्छता मापदण्ड सम्बन्धी केही बुदाहरुमा सुधार गर्न आवस्यक देखिएकोले सुधार नभएसम्मका लागि उक्त उध्योगको उत्पादन रोक्का गरिएको खाद्य प्रबिधी धनगढी प्रमुख नवराज दाहालले जानकारी दिए । उनले उक्त उद्योगबाट खाद्य ऐन अनुसार नमूना संकलन गरि अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको समेत जानकारी दिए। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी प्रमुख दाहालले आम उपभोक्ताहरुलाई पानी लगायतका खाद्य बस्तुहरु खरीद गर्दा सचेत हुन र गुनस्तरको बिषयमा शंका लागेमा यसैगरी उजुरी गर्नुहुन समेत अपील गरेका छन् ।