बाजुरा। बाजुराका ४ बालबालिका भारतको सिम्लामा अलपत्र परेका छन। बाजुरा बडिमालिका नगरपालिका वडा न ७ जिल्लीका ४ बालबालिका भारतको सिम्ला भन्ने ठाउँमा अलपत्र अवस्थामा परेका हुन्। बुवासंगै भारतको कालापहाड सिम्ला स्याउ टिप्न गएका उनीहरु बुवाको मृर्गौलामा समस्या भएर उपचारका क्रममा मृत्यु भएपछि ४ बालबालिका अलपत्र परेका हुन्।
उनिहरुको आमाको ४ बर्ष पहिले बिरामी भएर मृत्यु भएको थियो । उनिहरुका बुवा हरिभान चदाराको मृर्गौलामा समस्या भएर काठमाण्डौमा उपचार हुन नसकि चार छोराछोरी बोकेर कालापहाड सिम्लामा स्याउ टिपेर छोराछोरी पाल्ने र उपचार गर्न भारत गएका थिए । तर उनको मृत्यु भएपछि छोराछोरी अलपत्र परेका छिमेकी भानुभक्त जैशीले बताएका छन । उनिहरु ४ भाईबहिनी भारतको सिम्लामा अलपत्र अबस्थामा रहेका छन । उनिहरु घर आउन चाहेर पनि आर्थिक अबस्थाका कारण आउन सकिरहेका छैनन, उनले भने। हरिभान चदारालाइ
एक्कासि मृगौला सुनिएपछी जिल्ला अस्पताल बाजुराले बयालपाटा अस्पतालमा रिफर गर्यो रोग पत्ता लागेन । त्यसपछि सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गर्यो । त्यहा मृगौला फेलको संकेत गर्यो तर पैसा भएन केही उपचार हुन सकेन । त्यहाँबाट काठमाडौको टिचिङ अस्पताल देखी बीर अस्पताल हुँदै भारतका अस्पतालमा गएपनि पैसा अभावका कारण कुनै उपचार हुन नसकेपछि मृत्यु भएको बाजुरा बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए।