धनगढी। धनगढी ३ फाप्लामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माणको प्रारम्भिक प्रक्रिया अगाडि बढाइने भएको छ ।धनगढीमा बुधबार बसेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम समितिको पहिलो बैठकले अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामको डिटेल प्रोजेक्ट रिपोर्ट(डिपिआर)निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
नेपाल सरकार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मी तथा मन्त्रालयका सचिव डा.दामोदार रेग्मी लगायतसमिति सदस्यहरुको सहभागितामा बसेको बैठकले पूर्वाधार निर्माण विकास समितिको यथाशिघ्र कार्यालय स्थापना गर्ने निर्णय भएको छ । यस्तै डिपिआर निर्माण तत्काल अगाडि बढाउने र त्यसका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो । निर्णयसँगै क्रिकेट रंगाशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको समितिका अध्यक्ष सुवास शाहीले बताए ।
अध्यक्ष सुवास शाहीले समितिले धनगढी उपमहानगरपालिकाभित्रको उपर्युक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाइने छ, उनले भने । यस्तै ईआईएको कार्य अघि बढाउँन कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनौटको कार्य अघि बढाइने, समितिलाई चाहिने आगामी आव २०७९र८० का लागि आवश्यक बजेट नेपाल सरकारबाट माग गर्ने लगायतका निर्णय भएको छ।
अध्यक्ष शाहीले भने, समितिले पनि औपचारिक रूपमा काम सुरुवात गरेकोले अब रंगशालाको डिपिआर निर्माण प्रक्रिया अगाडि बढाउँछौँ ।’ ‘हामीलाई दिएको जिम्मेवारी निर्धारित अवधिमै सम्पन्न गरेर देखाउन चाहन्छौँ ।’ सरकारले समितिलाई पूर्वाधार निर्माण तीन वर्षभित्र पूरा गर्ने कार्यादेश दिएको छ । तोकिएको अवधिमै पूर्वाधार निर्माण पूरा गर्ने गरी समितिले काम गर्ने उनले भने। अध्यक्ष शाहीले भने, सरकारले फाप्लामा रंगशाला तथा खेलग्राम निर्माणका लागि निजी क्षेत्रलाई समेटेर समिति गठन गरेको थियो। फाप्लामा रंगशाला निर्माण गर्नुपर्ने माग यहाँका बासिन्दाले एक दशकदेखि गर्दै आएका थिए । रंगशाला निर्माणका लागि निजी क्षेत्रले सरकारसँग पहल गर्दै आएको थियो । ‘अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने १२ वर्षदेखिको प्रयासले अब मूर्त रूप लिँदै छ ।’ ‘पूर्वाधार निर्माणमा सबैको सहयोगको खाँचो रहेको अध्यक्ष शाहीले भनेका छन् ।यससंग सम्बधित समाचार हेर्नुहोस् यहाँ तल