बैतडी। बैतडीमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ चडेखान बस्ने १७ बर्षीय विरेन्द्र बोहराको छत्यौडा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बाख्रा चराउन गएका बोहरा बुधबार दिउँसो साढे १२ बजेतिर भीरबाट लडेर सुनीगाडमा खोलामा परेका उनको घटनास्थलमै मृत्यु भएको हो। उनी निङ्गलाशैनी मावि देहीमाण्डौंमा कक्षा १२ अध्ययनरत थिए। बोहराको भीरबाट लडेर मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमग्न भएको छ ।