काठमाडौं। करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेजसहित अन्य कागजातहरु मागेको छ।
मंगलबार सिंहदरवारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सीसीटीभी फुजेट माग गर्ने निर्णय गरेको हो। समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार सीसीटीभी फुजेटसहित अन्य आवश्यक काजगात समेत माग गर्ने निर्णय भएको छ।
समितिको निर्णय अनुसार समिति सचिवालयले अर्थमन्त्रालयलाई पत्राचार गर्ने उनले जानकारी दिए ।पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ । सभापति चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि पहिलो बैठकले टुंग्याउन सकेन । अर्को बैठक बुधबार दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।