एमाले सुदूरपश्चिम कमिटी अध्यक्ष भण्डारीले भने,-वर्तमान सरकारले जनहितमा काम गर्न सकेन

बैतडी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले वर्तमान सरकार अराजक शैलीमा चलेको बताएका छन् । मंगलबार एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीको जिल्ला अधिवेशन उद्घाटन सत्रको सम्बोधन गर्दै नेता भण्डारीले अहिले सरकार जनविरोधी काम गरिरहेको आरोप लगाए ।प्रतिनिधिसभा सांसद समेत रहेका नेता भण्डारीले भने, ‘मन्त्रीले कर्मचारीलाई तथानाम गाली गर्दा उल्टै कर्मचारीलाई कारबाही हुने अवस्था छ ।