काठमाण्डौँ । सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालित नेपाल एपीएफ हस्पीटलको सेती प्रादेशिक अस्पताल ब्यवस्थापन सदस्य डिल्ली राज भट्टद्धारा अध्ययन तथा अवलोकन भएको छ । काठमाण्डौँ स्थीत बलम्बुमा रहेको नेपाल एपीएफ हस्पीटल Nepal APF Hospital को आज अस्पताल ब्यवस्थापन सदस्य भट्टद्धारा अध्ययन तथा अवलोकन गरिएको हो।
अध्ययन तथा अवलोकन गर्ने क्रममा स्वास्थ्य व्यस्थापनसँग सम्बन्धित विषयमा नेपाल एपीएफ अस्पतालका प्रमुख डिआईजी डा. रुपक महर्जन र एस पी डा.सौजन्या कर्मचार्यसँग छलफल गरिएको उनले जानकारी दिए। अस्पताल ब्यवस्थापन सदस्य भट्टले उनीहरुसँगको छलफल क्रममा अस्पताल सञ्चालन सम्बन्धि महत्वपूर्ण कुराहरू सिक्ने अवसर प्राप्त गरिएको भटट्को भनाई छ। सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालन रहेको सशस्त्र प्रहरी कर्मचारीहरु र आश्रित परिवार, नेपाल एपिएफ स्कुलका शिक्षक तथा विधार्थीहरुलाई स्वास्थ्य सेवा तथा औषधि उपचार नि:शुल्क प्रदान गर्दै आएको छ। सेती प्रादेशिक अस्पताल ब्यवस्थापनसमिती सदस्य भट्टले नेपाल एपीएफ अस्पताल परिवार(Nepal APF Hospital)लाई धन्यवाद ब्यक्त गरेका छन् ।