बैतडी। बैतडीमा उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिने दुई जनाले भत्ता फिर्ता गरेका छन् ।उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएका १६ जना मध्ये दुई जनाले भत्ता फिर्ता गरेका हुन् ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले एकजनाले भत्ता मात्रै फिर्ता गरेका छन् भने अर्का एकजनाले भत्ता सहित नागरिकता ऐन अनुसारको जरीवाना तिरेर नागरिकताको प्रतिलिपि लिएका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिकाका एकजना र मेलौली नगरपालिकाका एकजनाले सामाजिक सुरक्षा भत्ता फिर्ता गरेका हुन् । राष्ट्रिय परिचय पत्र विवरण संकलनका क्रममा तथा जिल्ला प्रशासन कार्यालयमा आएको गुनासोको आधारमा अनुसन्धान गर्दा बैतडीमा १६ जनाले आफूखुसी नागरिकतामा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिइरहेको पाइएको थियो । बाँकी १४ जनामाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको सूचना अधिकारी भारतीले बताए । उनीहरुले अहिले सम्म लिएको सामाजिक सुरक्षा भत्ताको दोब्बर रकम असुल गरिने जनाइएको छ ।