बलात्कार आरोप लागेका बैतडीको पुर्चौडी क्याम्पसका प्रमुख नेगीले दिए राजीनामा

बैतडी। बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् । बलात्कार आरोप लागेका उनले सोमबार राजीनामा दिएका हुन् ।केहि अमुख व्यक्तीहरु, राजनितिक दलका भातृसंगठनहरुले अपुष्ट कुराहरु फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकाले सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि आफुले राजीनामा दिएको क्याम्पस प्रमुख नेगीले जारी गरेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।