बझाङ। बझाङको बुङ्गल नगरपालिकामा बाघले आतङ्क मच्चाएको छ। बझाङको बुङ्गल नगरपालिका १ मा बाघले बाख्रा खान थालेको हो।बाघले बुङ्गल–१ सतिवनका धनबहादुर बोहराका दुई बाख्रा खानुका साथै १० बाख्रा मारेको छ। खोरमै पसेर बाघले बाख्रा खाएको बोहराले बताए।
शनिबार बाख्रा चराएर खोरमा बाँधेर घर फर्किएका उनले आइतबार बिहान खोरमा पुग्दा बाख्रा मारेर छोडेको अवस्थामा फेला परेको बताए।यस्तै उक्त ठाउँमा हप्ताको एक दुई बाख्रा बाघले खाने गरेको स्थानीय जयलाल बोहराले बताए। यसरि बाघले बाख्रा खान थालेपछि स्थानीय त्रसित भएका छन्। बाख्रा खोर बस्तीभन्दा टाढा जंगल नजिकै हुँदा बाघले खोरमै पसेर बाख्रा खाने र मार्ने गरिरहेको वडाध्यक्ष कस्वा बोहराले बताए।उनले भने “ गाउँमा बाघ छिर्न थालेपछि स्थानीय निकै त्रसित भएका छन्। बाख्रालाई पनि दिनप्रतिदिन आक्रमण गर्न थालेको छ। बाघलाई नियन्त्रणमा लिन आवश्यक पहल चाल्ने बताए।