बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक अन्तिम परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन्।
एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् । यस्तै उपमेयरमा मायाकुमारी खड्का चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । रिता शाहले तीन हजार ७५५ मत ल्याइन् । उनीहरूलाई गठबन्धनको साथ थियो । १० वडामध्ये एमालेले सात वडामा जित निकालेको छ । बाँकी तीन वडामा कांग्रेसले नेतृत्व पायो । एमाले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० विजयी भयो । कांग्रेस वडा नम्बर ४, ७ र ८ मा विजयी भयो ।बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा विजयी भएका छन् ।
२ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी विजयी भएका छन् । त्यस्तै ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । वडा न ५ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार चक्र बहादुर थापा वडा न ६ मा नेकपा एमालेका उम्मेदवार हेमराज जैशी बिजयी भएका छन । वडा नम्मर ७ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार भुवन सिहं केसी विजयी भएका छन् । वडा नम्मर ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् ।
वडा नम्मर ९ मा गठबन्धनका उम्मेदवार भरत थापालाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउँद विजयी भएका छन् । बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६।८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५।५८ प्रतिशत मत खसेको थियो ।