बाजुरा। बाजुरा बुढिगंगा नगरपालिकाको मतगणना शुक्रबार देखि जारी छ। अहिलेसम्म ७ हजार ४सय १७ मतगणना भएको छ। बुढिगंगा नगरपालिका वडा न १, २, ३,४, ७, ८, ९ र १० को गणना सम्पन्न भएको छ। ७ हजार ४सय १७ मत गणनामा एमाले मेयर उमेदवारमा रामबहादुर बानियाँ ३ हजार ८ सय ८१ मत ल्याउँदै पहिलो स्थानमा छन्।
कांग्रेस मेयर उमेदवार रंगबहादुर खातीले ३ हजार १ सय १ मतका साथ दोस्रो स्थानमा छन्। मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ । यस्तै उपमेयरमा एमालेबाट मायाकुमारी खड्का (कुँवर)ले ३ हजार ७ सय ५३ मत ल्याएकी छिन भने कांग्रेसबाट रिता शाही (शाह)ले ३ हजार १ सय ५३ मत पाएकी छिन। उपप्रमुखमा ६ सयले एमाले अगाडि रहेको छ । यहाँ एमाले र कांग्रसबीच सुरुवाती कडा प्रतिस्पर्धा देखिएको छ। वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ।
११ बजे भित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ । बुढिगंगा १ मा एमालेका उम्मेदवार रण बहादुर थापा,बूढीगंगा २ मा नेकपा एमालेका पदमबहादुर भण्डारी, बुढिगंगा ३ मा नेकपा एमाले उम्मेदवार खडक बहादुर अधिकारी, बुढिगंगा ९ मा एमालेका उम्मेदवार मिन बहादुर सिंह र बुढिगंगा १० मा नेकपा एमालेकै उम्मेदवार दल बहादुर साउद विजयी भएका छन्। भने वडा नम्बर ४ मा नेपाली काँग्रेसका मिन बहादुर शाह,वडा नम्बर ७ मा काँग्रेसका भुवन सिंह केसी,बुढिगंगा नगरपालिका ८ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका छन् । वैशाख ३० गतेको निर्वाचनमा दुवै पक्षले धाँधली गरेको देखिएपछि असार २३ गते फेरि मतदान गरिएको हो।बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थल छन्। नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५।५८ प्रतिशत मत खसेको थियो ।