बाजुरा। बाजुरा बुढिगंगा नगरपालिकाको मतगणना शुक्रबार दिउँसो देखि जारी छ। अहिलेसम्म ४३ सय ६२ मतगणना भएको बुढीगंगा नगरपालिका निर्वाचन कार्यालयले जानकारी दिएको छ। बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाेमा अहिले वडा नम्बर ३ र ८ को को मतगणना भइरहेकाे छ।अहिलेसम्मको मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ। ४७ सय ६३ मत गणनामा एमाले मेयरमा रामबहादुर बानियाँ २९२५ मत ल्याउँदै पहिलो स्थानमा छन्।
कांग्रेस रंगबहादुर खातीले १५६९मतका साथ दोस्रो स्थानमा छन्। यस्तै उपमेयरमा एमालेबाट मायाकुमारी खड्का (कुँवर)ले २८६६ मत ल्याएकी छिन भने कांग्रेसबाट रिता शाही (शाह)ले १६२३ मत पाएकी छिन। यहाँ एमाले र कांग्रसबीच सुरुवाती कडा प्रतिस्पर्धा देखिएको छ। वडा नम्मर ८ काे ४ सय र ३ काे ४ सय १ गणना हुदा अहिलेसम्म ४७ सय ६३ मतगणना सकिएको छ। बुढिगंगा १ मा एमालेका उम्मेदवार रण बहादुर थापा,बूढीगंगा २ मा नेकपा एमालेका पदमबहादुर भण्डारी, बुढिगंगा ९ मा एमालेका उम्मेदवार मिन बहादुर सिंह र बुढिगंगा १० मा नेकपा एमालेकै उम्मेदवार दल बहादुर साउद विजयी भएका छन्।वैशाख ३० गतेको निर्वाचनमा दुवै पक्षले धाँधली गरेको देखिएपछि असार २३ गते फेरि मतदान गरिएको थियो।