बाजुरा। बुढिगंगा नगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका छन् । विजयी भण्डारीले ८ सय ३८ ल्याएका छन्, भने नर बहादुर थापाले २ सय ३५ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ८ सय ५१ काँग्रेस मेयरको २ सय २९ र एमाले उपमेयर ८ सय ५८ काँग्रेस उपमेयर २ सय १३ मत ल्याएका छन् ।
१४ सय ४३ मतदाता रहेको वडामा ११ सय १९ मत खसेका थिए । यो वडा एमालेको विजयी सँगै बुढिगंगामा ४ वटा वडा एमालेले जितेको छ । वडा नम्बर ३ र ८ को गणना भइरहेको छ ।बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६।८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५।५८ प्रतिशत मत खसेको थियो ।