बाजुरा। बाजुराको बुढिगंगा नगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्बजनिक भएको छ । अहिलेसम्म १ हजार ४०० मतगणना भएको बुढीगंगा नगरपालिका निर्वाचन कार्यालयले जानकारी दिएको छ। अहिले वडा नम्बर १ र १० मत गणना भइरहेको छ। प्रारम्भिक परिणाम अनुसार एमालेले अग्रता लिएको छ। १४०० मतको गणनामा एमालेले मेयरमा ७२२ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ।
कांग्रेस ६०१ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले ७११ मत ल्याएको छ भने कांग्रेसले ६२३ मत पाएको छ।यहाँ एमाले र कांग्रसबीच सुरुवाती कडा प्रतिस्पर्धा देखिएको छ। बुढिगंगामा मेयर पदका लागि एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार र नेपाली कांग्रेसबाट रंगबहादुर खाती छन्। यस्तै, उपमेयरमा एमालेबाट मायाकुमारी खड्का कुँवर र कांग्रेसबाट रिता शाही शाह उम्मेदवार छन्। वैशाख ३० गतेको निर्वाचनमा दुवै पक्षले धाँधली गरेको देखिएपछि असार २३ गते फेरि मतदान गरिएको थियो। आज दिउसो देखि मतगणना थालिएको थियो ।