कैलाली। नेकपा एकीकृत समाजवादी पार्टीले पूर्वसांसद एवम् पार्टी केन्द्रीय सदस्य हर्कबहादुर सिंहलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष बनाएको बनाएको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१ औँ बैठकले सिंहलाई सुदूरपश्चिमको अध्यक्ष बनाउने निर्णय गरेको हो।
बैठकले व्यापक रुपमा पार्टी र जनसंगठन विस्तार गर्ने निर्णय पनि गरेको सम्मानित नेता झलनाथ खनालले बताएका छन्। निर्वाचनबारे पनि व्यापक रुपमा तयारी गर्ने निर्णय भएको छ। पार्टी संगठनलाई राष्ट्रव्यापी बनाउने निर्णय गरेका छौँ, उनले भने, आमनिर्वाचनमा देश अघि बढेको हुनाले संघीय र प्रदेशसभा निर्वाचन नजिक आएकाले पार्टीले व्यापक तयारी गर्ने भन्ने भएको छ।ु