बाजुरा। बुढिगंगा नगरपालिकाको प्रारम्भीक नतिजा सार्बजनिक भएको छ । प्रारम्भिक परिणाम अनुसार एमालेले अग्रता लिएको छ। ४ सय मतगणना अनुसार बाजुराको बुढीगंगा नगरपालिकाको प्रारम्भिक मत गणनामा एमालेलाई अग्रता मिलेको छ। यहाँ एमाले र कांग्रसबीच सुरुवाती कडा प्रतिस्पर्धा देखिएको छ। ४ सय मत गन्दा मेयरकालागि एमालेका उम्मेदवार रामबहादुर बानियाँले १८९ मत पाएका छन्।
यस्तै एमालेबाट उपमेयर उम्मेदवार मायाकुमारी खड्का कुँवरले १८७ पाएका छन्। प्रतिष्पर्धी गठनबन्धनका तर्फबाट मेयरकालागि कांग्रेसका उम्मेदवार रंग खातीले १८५ मत पाएका छन्। यस्तै उपमेयर उम्मेदवार कांग्रेसकी रिता शाहीले १८५ मत पाएकी छिन्।वैशाख ३० गतेको निर्वाचनमा दुवै पक्षले धाँधली गरेको देखिएपछि असार २३ गते फेरि मतदान गरिएको थियो। आज दिउसो १ बजेदेखि मतगणना थालिएको हो।अहिले वडा नम्बर १ र १० मत गणना भइरहेको छ ।