डडेल्धुरा। डडेल्धुरामा भ्रष्टाचारको आरोपमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छन्। डडेल्धुराको आलिताल गाउँपालिका–३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई बिहीबार राति नेकपा बहुमत डडेल्धुराले कालो मोसो दलेको हो।
कृते कागज गरी समुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ। शुक्रबार मडैसँगै समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। कार्यालयका अधिकृत रामविचारी ठाकुरका अनुसार मडैले भ्रष्टाचार गरेको स्विकार गरेका छन्।
उनीमाथि अनुसन्धान भइरहेको छ। यस्तै शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिभिजनल अधिकृत ठाकुरको भनाइ छ। ‘अनुसन्धान गरिरहेका छौं, मडैले २२ लाख रुपैयाँ खाएको स्विकार गरिसके। हाम्रो टोली खटिएको उनले जानकारी दिए।