बाजुरा। बाजुराको बुढिगंगा नगरपालिकाको मतगणना जारी रहेको छ। बिहीबार सम्पन्न मतदानको मतगणना आज बिहान ११ बजे बाट गर्ने सर्वदलिय बैठकको निर्णय भएपनि केही ढिला गरी मतगणना सुरू भएको हो। मतगणना वडा नम्बर १ र १० को शुरु गरिएको निर्वाचन अधिकृतको कार्यलय बुढिगंगाले जनाएको छ। गणना दुइ ठाउँबाट शुरु गरिएको छ। बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो।
बुढिगंगाको चुनाव कडा सुरक्षाका बिच सम्पन्न भएको छ। सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको थियो। बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।